२०७९ मंसिर १३, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, आश्विन १७, २०७९    १२:०४:२५

राष्ट्रिय जनमुक्ति पार्टी बागमती प्रदेश समितिले त्वा:छेँ मा कानुनको जायज प्रक्रिया पूरा नगरी महानगरपालिकाले डोजर लगाइ भत्काएको प्रती खेद प्रकट गरेको छ।

प्रेस विज्ञप्ति ।

मिति २०७९ असाेज १४ गते (नेपाल सम्वत ११४२ काैलाथ्व पञ्चमी) शुक्रबारको दिनमा काठमाडौंको बाङ्गेमुढा (थायमदु) मा रहेको ऐतिहासिक समुदायिक टोल घर (त्वा छें) लाई कानूनको जायज प्रकृया पुरा नगरी वा सर्वाेच्च अदालतमा विचाराधिन मुद्दाको रूपमा रहेको भनिएको विषयमा पुरै उदासिनता देखाउदै स्थानीय जनतासँग कुनै सराेकार समेत नराखी काठमाडौं महानगरपालिकाका मेयरको कथित आदेशमा नगर प्रहरीहरुले डोजर लगाई भत्काई दिएको बारेमा विभिन्न मिडियाबाट प्राप्त सूचनाप्रति राष्ट्रिय जनमुक्ति पार्टी, बागमती (नेवा: तामसालिङ्ग) प्रदेश परिचालन समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

कानूनी प्रकृयाको पद्धति (Due process of law) लाई अवलम्बन नगरी कानूनी शासन (Rules of law)
को उल्लङ्घन गरी गैह्रकानूनी एवं ध्वंशात्मक शैलीमा भत्काएको त्वा छें (सामुदायिक टाेल घर) – जसप्रति स्थानीय समुदायको लगाव, प्रयाेजन र संरक्षण छ-लाई विना शर्त अविलम्ब निर्माण गरी स्थानीय समुदायको आवाजलाई सम्मान गरिनु पर्छ भन्ने राष्ट्रिय जनमुक्ति पार्टी, बागमती प्रदेश परिचालन समितिकाे जाेडदार माग रहेकाे छ । शक्ति र श्राेतमा पुगेकै आडम्बरमा कानूनी अराजकता कायम गर्ने र सबै खाले सार्वजनिक स्थललाई समान टाेकरीमा राखी खाली गराउने नाममा असान्दर्भिक ताैरतरिकाबाट डोजर आतंक मच्चाउनु समाजलाई अराजकताकाे दलदल तर्फ धकेल्ने कुचेष्टा हाे । यस प्रकारका कुचेष्टा र दम्भकाे न्यायप्रेमी जनताकाे तर्फबाट हामी खबरदारी सहित खेद प्रकट समेत गर्दछौं र न्यायका लागि जनताको आवाजसंग हाम्रो सधैं ऐक्यबद्धता रहने समेत जानकारी गराउँदछाैं ।

एस के महर्जन
अध्यक्ष, नेवा: तामसालिङ्ग प्रदेश परिचालन समिति

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com