(इडाईनामिक पब्लिक लाईब्रेरी) डिपिएल राष्ट्रिय बोर्डको आयोजनामा दसैं , तिहार, छठ विशेष सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ।
दसौंको ९ औ दिनको अवसर पारेर राखिएको उक्त कार्यक्रमको अध्यक्षता डिपिएल राष्ट्रिय बोर्ड अध्यक्ष सन्दिप न्यौपानेले गरेका थिए। दमकको विभिन्न विद्यालय, संघ सस्था र सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रम्मा नेपाल राष्ट्रिय बैंकका डेपिउटी गोवर्नर बम्ब वहादुर मिश्र प्रमुख वक्ता रहेका थिए भने दमक नगरपालिकाका मेयर राम थापा प्रमुख अतिथी रहेका थिए।
उक्त कार्यक्रममा डिपिएल राष्ट्रिय बोर्डका निवर्तमान अध्यक्ष विनोद उप्रेतिले स्वागत मन्तव्य राखेका थिए। डिपिएल नेपाल, शाखा पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरुको उपस्तिथि रहेको कार्यममा विसिष्ट अतिथिमा सुवास चन्द्र भट्टराई, अग्नि कोइराला, नेपाल राष्टृय वैकका डेपिउटी गोवर्नर बम्ब वहादुर मिश्र र नगरपालिका का मेयर राम थापाले सुभकामना मन्तव्य राख्दै डिपिएलले गर्दै आएका कार्यको प्रसम्सा गरे भने भेसराज न्यौपानेले सुभकामना मन्तव्य राख्दै डिपिएल युवाहरूको क्षमता विकास गर्ने थलो बनेको जानकारी गराए त्यस्तै पुस्तक विश्लेषण डिपिएल दमक अध्यक्ष अमिर अलिले गरेका थिए।