२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आश्विन १८, २०७९    २२:४५:००

मुलुक भित्र रहेको जातीय विविधिता राष्ट्रको सम्पदा सम्पत्ति रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।

अध्यक्ष ओलीको आयोजना र एमाले जिल्ला कमिटी झापाको ब्यवस्थापनमा आज झापाको विर्तामोडमा भएको वडादशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाल भित्र रहेका हरेक जाती भाषा-भाषीका सभ्य संस्कार साँस्कृतिकको देशको अमूल्य सम्पत्ती भएको बताउनु भएको हो । उहाँले यसको जगेर्ना गर्नु पर्ने बताउनु भयो।

समाजमा चाड पर्व,सस्कृतिको नाममा विकृति फैलाउने,समाजलाई भड्काउने भन्दा पनि समाजमा सामाजिक न्याय सहितको सद्भाव कायम गर्नु पर्ने  ओलीको तर्क छ ।

अध्यक्ष ओलीले विगत देखि नै हरेक वर्षको दशैको महाअष्टमीको दिन वडादशै ,तिहार ,छैठ,नेपाल सम्वत लगायतका चाड पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ । कार्यक्रममा दशै लगायतका चाडपर्वको विषयमा बोल्न धेरै समय खचिर्नु भएका अध्यक्षले चाड पर्वको असाधारण महत्व रहेको बताउनु भयो ।

मनु स्मृतिको प्रसङ उठाउदै पुरानो मनु स्मृतिको ग्रन्थले नारीहरुलाई अपमान,वैश,शुद्र जाती समुदायलाई विभेद नगरेको बताउदै तर पछिल्लो समयमा त्यसको सञ्चालनको जिम्मेवारी पाएका पण्डितहरुले कर्मकाण्डी गर्दै अपमान विभेद कायम गरेको नेता ओलीले बताउनु भयो । यसलाई बदल्न सत्य कुरा बताउदै सबै मिलेर विकृति हटाउदै आपसी सद्भाव कायम गर्नु पर्ने उहाँको भनाई छ । 

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै राप्रपाका केन्द्रीय प्रवक्ता भक्ती सिटौलाले अहिले राष्ट्रियता खतरामा पर्न सक्ने सम्भावना रहेको हुदा त्यसवाट बचाउन सबै एक जुट हुनु पर्ने बताउनु भयो । नेपाली काग्रेस झापा सचिव कृष्ण हुमागाईले मंसिर ४गतेको निर्वाचनमा राजनीतिक दलको विकल्प दल नै हुने बताउनु भयो ।

अहिले स्वतन्त्र उम्मेदवारको हावा बाहिरी चलखेलबाट भएको हुदा यसवाट सबै सचेत हुनु पर्ने बताउनु भयो ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, जनता समाजवादी पार्टी झापा अध्यक्ष दिपेनवाला राई ,एमाले झापा अध्यक्ष दिपक कार्की लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com