२०७९ मंसिर १३, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, कार्तिक १७, २०७९    २३:१२:४७

बुटवल/आज देखि निर्वाचन आयोगले औपचारिक रुपमै प्रचार-प्रसार गर्न दिने भएपछी रुपन्देही क्षेत्र न.०२ बुटवल उपमहानगर वडा न.११ बाट औपचारिक रुपमै गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार केशव ब.थापा (सूर्यवंशी)ले प्रचार-प्रसारको थालानी गरेका छन।

आज घर दैलो कार्यक्रमबाट आफ्नो पहिलो औपचारिक प्रचारप्रसार सुरु गरेका सूर्यवंशीले युवा,महिला तथा भुपुको कार्यक्रममा बोल्दै गठबन्धनलाई हार्न छुट नभएको बताएका छन।

कार्यक्रममा बोल्दै सूर्यवंशीले पटकपटक एउटैलाई जिताइ रहने कि अब नया चयन गर्ने भन्दै प्रश्न गरेका थिए भने उनले हिजो अर्थमन्त्री पदसंग लुम्बिनी प्रदेशको राजधानी साटेको आफुहरुले नबिर्सेको समेत उद्दत गरेका छन।

कार्यक्रममा बोल्दै सूर्यवंशीले गठबन्धनले प्राप्त उपलब्धिको रक्षार्थको लागी पनि जित्न आवश्यक रहेको बताए ।

उनले आज बुटवल वडा न.०८मा गठबन्धनको सचिवालय उदघाटनको क्रममा बिष्णु पौडेलले भएका कलकारखाना पनि संचालन गर्न नसकेको र आफू अर्थमन्त्री हुदा समेत नया कलकारखाना बनाइ रोजगार सिर्जना गर्न नसकेको बताएका थिए।

त्यस्तै उनले सुकुम्बासी लगायतका बिषयमा पनि बिष्णु पौडेलले केहि भुमिका खेल्न नसकेको र सुकुम्बासीमा जबर्जस्त रुपले औचित्यहिन उद्योग करिडोरको योजना ल्याएको समेत बताएका थिए।आफू यहाँ बाट सांसद भएर गए यो क्षेत्रमा मात्र नभए समग्र देशमा रोजगार उत्पादन गर्न र नया कलकारखाना र भएका पुरानोहरुलाइ संचालन गर्न पहल गर्ने बताएका छन।

उनले थप्दै भने ७० करोड भ्रष्टाचार गरेको हु भन्दै टिभी तिर बोल्ने ‘बा’का प्रिय पुत्रलाइ पनि कारबाहीको दायरामा ल्याउने बताएका छन।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com