२०७९ माघ १९, बिहिबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, मंसिर २१, २०७९    ८:०६:१७

नेकपा माओवादी केन्द्र १ न.प्रदेश कोषाध्यक्ष गगन पुरिले आफ्नो सामाजिक संजालमा भुटानी शरणार्थी संग्राहलय दमकमा बनाउन पहल गर्ने उल्लेख गरेका छन।

पुरिले आफ्नो सामाजिक संजालमा गरेको अपिल:
यहाँहरु समक्ष मेरो अनुरोध
दमकको उत्तरी क्षेत्र बेल्डागी १ र २ मा भुटानबाट गैरन्यायिक ढंगले लखेटिएका नेपाली मुलका नागरिकहरुले धेरै बर्ष सम्म शरणार्थी ( कहालिलाग्दो र कारुणिक ) जिबन बिताउनु परेको कथा र ब्यथा हामिले देख्यौ।

बिदेशी नियोग मार्फत अहिले ती भुटानी शरणार्थीहरु प्रायजसो अमेरिका र क्यानडामा पुगेका छन। बिगतको भन्दा यतिबेला उनिहरुको जिबनस्तर राम्रै देखिन्छ तर बास्तबिकता यो होकि नेपालको दमकमा लामो समय सम्म उनिहरुले जुन दुख र कस्ट झेल्नु परेको थियो त्यो कुरा कदापी पनि भुल्न सक्दैनन् र भुलेका पनि छैनन् । दमकको बेल्डागी क्षेत्र आफैमा एउटा ऐतिहासिक र पबित्र स्थल हो। त्यसैले सोही क्षेत्रमा तिनै शरणार्थीहरुको जिबन्त कथा झल्किने भब्य शरणार्थी संग्रहालयको बनाउनु हाम्रो कर्तव्य हो ( मैले निर्वाचनको बेला यस कुराको प्रतिबद्धता गरेको थिए ) यो संग्रहालय सिङ्गो देशको सम्पतिको रुपमा रहनेछ। यसका लागि अब म चाडै स्थानिय , प्रदेश र केन्द्रिय सरकार सग छलफल गरेर यो अवधारणा लाई ठोस निर्णयमा पुर्याउने सोचमा छु। यो महत्त्वपूर्ण कार्यमा तपाई हामी सबैले हातेमालो गरेर सगसगै हिड्न जरुरी छ। तसर्थ यहाहरुको तर्फबाट बिशेष सहयोग र सुझाबको निम्ति अपिल सहित अपेक्षा राख्दछु।
धन्यबाद।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com