३० असोज । इलामको चुलाचुली गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे भएको छ । गाउँपालिकाले सडक कालोपत्रे गर्ने योजनालाई मुख्य प्राथमिकता दिएर पालिकाको मुख्य मार्गलाई कालोपत्रे गरेको हो । गाउँपालिकाको मुख्य सडक कालोपत्रे भएसंगै स्थानियवासिहरु पनि खुसि भएका छन् । वडा न. ४ मा रहेको गाउँपालिकाको निर्माणधिन प्रसासकिय भवन जाने मुख्य सडकको करिव १५ सय मिटर भागमा सडकमा कालोपत्रे गर्ने योजना रहे पनि अहिले सम्म ११ सय मिटर सडक कालोपत्रे गरिसकिएको ४ नम्वर वडाका अध्यक्ष कालिदास भट्राईले जानकारी दिनुभयो । अव बाकि रहेको ४ सय मिटर सडकलाई पनि चाडै कालोपत्रे गर्ने उहाँले बताउनुभयो ।
गाउँपालिका र केन्द्र सरकारको लगानी रहेको योजना सम्पन्न गर्न रु १ करोड ५ लाख १० हजार १ सय ५३ रुपौँयामा जटेश्वर जेभि, वि.जि. जेभि र नवयुग जेभि निर्माण कम्पनी संग सम्भैmता भएको थियो । २०७५ मार्ग २० गते भएको सम्झैतामा ६ महिना भित्रमा योजना सम्पन्न गर्ने लक्ष रहेको थियो । तर लक्ष अनुसार योजना सम्पन्न नभएपछि म्याद थप गरेर काम अगाडी बढाईएको बताईएको छ ।