२८ कार्तिक/ झापा, भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको सिमाना मिचेको विरोधमा आज बिहान झापाको दमकमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । मोडल क्याम्पस दमकका विद्यार्थीहरुले निकालेको बृहत विरोध र्यालीमा भारतीय विस्तारवाद विरुद्ध चर्का नारा लगाइएको थियो । साहित्यिक मन्च मोडल क्याम्पसको अगुवाइमा स्वतस्फूर्त निस्किएका विद्यार्थीहरुले अतिक्रमित नेपाली भुमी तत्काल फिर्ता गर्न दबाबमुलक नारा लगाएका थिए ।
त्यसैगरि सामाजिक गतिबिधि गर्ने उद्धेश्य राखेर दमकमा स्थापना गरिएको चेरी क्लब दमकको अगुवाईमा युवाहरुले दमक चोक हुँदै बजार क्षेत्र सम्म कालो पोशाक लगाएर मौन जुलुश प्रदर्शन गरेका छन । सो विरोध प्रदर्शनमा क्लबका सदस्यहरु, व्यवसायी नेता तथा केही राजनीतिक पार्टीका स्थानीय नेतृत्व समेत सहभागी थिए ।