चुलाचुली/ कात्तिक २९ गते, इलामकाे दक्षिणी चुलाचुली गाउँपालिका स्थित रहेको नाट्य संस्था चुलाचुली रंगमञ्चकाे छैटौं बार्षिक साधारणसभा अाज सम्पन्न भएको छ । चुलाचुली रंगमञ्चकाे सभाहलमा अायाेजना गरिएको कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालकाे प्रमुख अतिथित्व रहेको थियाे ।
गाउँमा रंगमञ्च गर्दै अाएकाे संस्थाले अार्थिक बर्ष २०७५/०७६ काे अाय तर्फ २ लाख ८५ हजार ३ सय १० रूपैयाँ र व्यय तर्फ २ लाख, ८७ हजार, ८ सय ६५ रूपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियाे ।
कार्यक्रममा समाजसेवी राजेन्द्र केरूङ, शरणहाङ जवेगु, साहित्यकार विन्दु मुकदर्शक, तीनकुने पाेखरी पर्यटन समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठ लगायतले संस्थालाई शुभकामना मनतव्य व्यक्ता गरेका थियाे ।
कार्यक्रम संस्थाकाे संस्थापक अध्यक्ष चेतन अाङथुपाेकाे अध्यक्षत्वमा र सन्तोश गिरिको सन्चालनमा सम्पन्न भएको थियाे ।
सो औपचारिक कार्यक्रम पश्चान नै चुलाचुली रंगमञ्चकाे नया कार्यसमिती पनि गठन गरिको छ । छैटौं साधारणसभाबाट हेम कुमार लिम्बूको अध्यक्षत्वमा ९ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा संजय विश्वकर्मा, सचिवमा सन्ताेस गिरी, सहसचिवमा जेम्स लिम्बू , काेषाध्यक्षमा रमिला राई, सदस्यमा मनिस ब. मगर, दिल कुमारी राई, िशखर लाम्गादे, अायुसा अाङथुपाे चयन भएको निर्वाचन संयाेजक शरणहाङ जवेगुले वताएका छन् ।
मानार्थ सल्लाहकारहरूमा गणेश रसिक, बसन्त राई, शरण सुब्बा, प्रकाश अाङदेम्वे र सल्लाहकारमा पदम खम्बु राई, मनाङ लावती, केशर भुजेल, रूद्र अाङदेम्बे, मनकुमार याेङहाङ, लाेकनाथ पाैड्याल लगायत रहेका छन् ।