१० पौष, झापा । चिनिया कम्युनिष्ट नेता माओत्सेतुङको १२७ औँ जन्मजयन्तीको अवसरमा झापाको दमकमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू दमक वहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यता रहेको थियो । सो अन्तरकृया कार्यक्रममा नेकपाका प्रदेश सदस्य बिरेन्द्र बस्नेत, नेकपा झापा जिल्ला स्कुलिङ्ग बिभाग प्रमुख रमेश गुरागाइ, नेकपाका नेता प्रा. अखिलेश्वर लाल दासलगायतले कम्युनिष्ट नेता माओत्सेतुङको जिवनीको बारेमा प्रकाश पार्नुभएको थियो ।
अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले कम्युनिष्ट नेता माओत्सेतुङ विश्व सर्वहारा वर्गका एक कुशल नेतृत्व भएको बताएका थिए । तत्कालिन समयको कमजोर अर्थतन्त्र भएको गरीव राष्ट्र चिनलाई माओत्सेतुङको माओ विचार धाराले नै अहिलेको शक्तिसम्पन्न राष्ट्रमा परिणत गरीदिएको वक्ताहरुको भनाई थियो ।