सुनसरीको कालाबञ्जारबाट बेहुली लिएर मोरंगको केराबारी फर्कदै गरेको जन्तिबसको ठक्करबाट एकजना स्कुटर चालको ज्यान गएको छ ।
बेहुली लिएर मोरङको केराबारीस्ति बेहुलाको घरतर्फ फर्कदै गरेको को १ ख ३२०१ नम्बरको बसले को ३९ प ७६०७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का ४१ वर्षीय बुद्धिमान तामाङको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–५ दुलारीमा दुर्घटना भएको हो । उनी सुनसरीको कालाबञ्जारबाट घर फर्कदै गरेका थिए । घाइते तामांगको उपचारका क्रममा साँझ साढे ७ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।