२०७९ चैत्र ०८, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, माघ १७, २०७६    १८:४४:११

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता तथा कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति माधव अधिकारीलाई नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कुटपिट गरेका छन् । नेविसंघको केन्द्रीय तदर्थ समितिमा ३ जना पदाधिकारी चयन भएको २ दिन नबित्दै अखिल नेतामाथि कुटपिट भएको हो ।

क्याम्पसमा आफूहरुले आयोजना गरेको बनभाेजमा विद्यार्थिको उल्लेखनिय सहभागिता हुने भएपछि आत्तिएर नेविसंघका कार्यकर्ताहरुले आफूलाई कुटपिट गरेको अधिकारीले बताएका छन् । ‘क्याम्पसको चउरमा उभिरहेको अवस्थामा अचानक आएको नेविसंघका कार्यकर्ताको १५ २० जनाको टोलीले आफूलाई शौचालयमा लगेर भित्तामा टाउको ठोकेको र ढाड तथा शरीरका अन्य भागमा समेत लात्तीले हिर्काए’ अधिकारीले भने ।

आफ्ना कार्यकर्ता तथा स्ववियु सभापतिसमेत रहेका अधिकारीमाथि भएको कुटपिटपछि अनेरास्ववियूकी नेतृ आरती लामाले कुटपिटको घटनाले संगठनको गम्भीर ध्यान आकर्षण भएको बताएकी छन् । लामाले गुन्डागर्दी नियन्त्रणमा लिन प्रशासन गम्भीर बन्नुपर्ने बताइन्

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com