मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ताका अनुसार घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव उखुबारीमा भेटिएको हो ।दिउसाे करिब १२ बजे शव फेला परेकाे उनले जानकारी दिए । शवको पहिचान नखुलेको मोरङ प्रहरीले जानकारी दिएकाे छ । अनुसन्धान जारी रहेको बताइएकाे छ ।