दमक । शिवरात्रीको अवसर पारेर पहिलो पाइला नेपाल दमक शाखाले पशुपति मन्दिर परिसरमा सरसफाई गरेको छ ।
दमकको भीडभाड हुने क्षेत्र पशुपति परिसरमा सरसफाई गर्नुका साथै मन्दिरको दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई शुद्ध पिउने पानी वितरण गरेको छ । सो अवसरमा संस्थाका सल्लाहकारका साथै दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काको पनि उपस्थिति रहेको थियो ।