चैत्र २३, चुलाचुली, चुलाचुली गाउँपालिका वडा नं. २ बाह्रगोठेमा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरिएको छ । आज वडा नं. २ का वडाध्यक्ष रनबहादुर लिम्बूको अग्रसरतामा १०३ परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न राहत वितरण गरिएको हो ।