मोरङ, बैशाख १७ गते । विराटनगर–१३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको भारतिय नागरिको मृत्यु भएको छ ।
भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको हो । विराटनगर–१३ का जितेन्द्र यादबको सटर भाँडामा लिई गाडीको टायरको पम्चर बनाई बस्दै आएका हैदरको आज दिउँसोे एक बजेको समयमा पुरानो टायरमा हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ । हैदरलाई फलामको रिङले टाँउको र शरिरमा चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका जानकारी दिए ।