निशा दाहाल
शुक्रबार, बैशाख २६, २०७७
२२:२५:५२
- झापाको दमक नजिकै पाडाजुंगी छेउ रवि पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालक एकजना पुरुषको ज्यान गएको छ । मालवाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालको ज्यान गएको हो।
पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको मोटरसाईकललाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना. ६ ख. ५४०१ नम्बरको ट्रकले ठक्कर दिएको थियो।ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक को घट्ना स्थलमा नै ज्यान गएको दमक ईलाका प्रहरी कार्यालयका डिएसपी बिजयराज पण्डितले जानकारी दिनुभयो।उहाँ अनुसार मृतकको साथमा चुलाचुली ४ का ३० बर्षिय रणबहादुर लिम्बु बोकेको मतदाता परिचयपत्र भेटिएको छ ।
साँझको समयमा भएको दूर्घटनापछि ट्रक चालक भागेको स्थानीयहरुले बताएकाछन् । लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री नबोकेको गाडि समेत खुलमखुल्ला हिडेको र लापरवाहीका कारण दुर्घटना भएको स्थानीयहरु बताउँछन् ।
सम्बन्धित