विराटनगर, २७ बैशाख: उदयपुर, कपिलवस्तु र पर्सामा गरी शनिबार थप ७ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । संक्रमित मध्ये उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षीया महिला छन् । यो सँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१ र प्रदेश १ मा ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणबाट नयाँ संक्रमित भेटिएको पूष्टि भएको हो ।
संक्रमितहरु मध्ये कपिलवस्तुका १७ १८ र १८ वर्षीय युवक र पर्षाको छपकैया निवासी ६२ वर्षीय पुरुष हुन् । नयाँ संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।