दमक वैशाख ३१ गते, झापाको दमक नगरपालिका(५ हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै को १ ख ५५२४ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री दमक १ श्रीपाली टोलका १६ बर्षीय शोभित दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।