झापा, जेष्ठ ४ गते । नेपाल प्रवेश गर्न खोजेका करिब डेढ सय जना भारतीयलाई रोक्न सशस्त्र प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ ।
शनिबार राति झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाइ फायर गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रेशमकुमार थक्सूले जानकारी दिए ।
नेपाल–भारत सिमानाको पिलर नम्बर १२५र१० मा घरेलु हतियार सहित भाला, लाठी लिएर पोष्टमा आक्रमण गर्न खोजेपछि हवाइ फायर गरिएको उनले जनाए ।
घटनामा भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेको उनको भनाइ छ । भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षा कर्मीसहित अस्थायी पोस्टमा आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरीले प्रतिकारमा हवाइ फायर गरेको उनको भनाइ छ ।
सशस्त्र प्रहरीले एक राउन्ड हवाइ फायर गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले पनि जानकारी दिए । सीमा क्षेत्रमा लगाएको मकै लिन आउने क्रममा सहमति विपरीत आएकोले घटना भएको उनले जनाए । घटनामा कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ । प्रहरीले हवाइ फायर गरेपछि उनीहरू त्यहाँबाट भागेका थिए । आइतबार ९आज० यस विषयमा भारतीय एसएसबीसँग छलफल हुने उनको भनाइ छ ।