काठमाडौं, ३१ जेठ: प्रतिनिधिसभाले संविधानमा नयाँ नक्सासहितको निशान छाप राख्ने सम्बन्धि संविधानको दोस्रो संसोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकले भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक पारित गरेको हो ।
उक्त संसोधनमाथि प्रतिनिधिसभामा वहाल संख्या २ सय ७१ सांसद मध्ये बैठकमा उपस्थित २ सय ५८ जनाले संसोधन प्रस्तावको पक्षमा मतदान गरेका हुन् । मतदानका क्रममा १२ जना सांसद अनुपस्थित रहे ।
सरकारले जेठ ७ गते भारतले अतिक्रमण गरेको नेपाली भूभाग दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटर राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।
त्यसलाई बैधानिकता प्रदान गर्न शनिबारको प्रतिनिधिसभामा प्रस्तुत संविधान संसोधन विधेयक सर्वसम्मतिले पारित भएको हो । नक्सा पारित भएपछि देशव्यापी रुपमा दिपावली गरिएको छ ।